आँबुखैरेनी-मुग्लिन सडक एकतर्फी सञ्चालन

आँबुखैरेनी-मुग्लिन सडक एकतर्फी सञ्चालन

यतिबेला पृथ्वीराजमार्ग अवरूद्ध छैन

aina-pahara-pahiro-780×450

तनहुँ । पहिरोका कारण पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन भएको छ ।

आँबुखैरेनी गाउँपालिका-४ ऐनापहरा नजिक आज दिउँसो खसेको पहिरोले उक्त खण्ड एकतर्फी सञ्चालन भएको हो ।

ऐनापहरास्थित सडकमाथिबाट डाँडा खसेपछि सडक एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

म्याग्देको पहिरो पन्छाइसकिएको छ । यतिबेला पृथ्वीराजमार्ग अवरूद्ध नरहेको खबर छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds