फ्रान्सलाई पराजित गर्दै स्पेन युरो कपको फाइनलमा

फ्रान्सलाई पराजित गर्दै स्पेन युरो कपको फाइनलमा

१६ वर्षीय लामिन यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाए

yamal spain

फ्रान्सलाई पराजित गर्दै स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ। लामिन यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएको मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ ले हराएर फाइनल पुगेको हो।

म्युनिख एरेनामा भएको खेलमा फ्रान्सले सुरुवाति अग्रता लिएको थियो। ९ मिनेटमै राण्डल कोलो माउनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर, २१औं मिनेटमा लामिन यामलले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरी बनाएका थिए। यामल १६ वर्षीय खेलाडी हुन्। गोलसँगै उनले आफ्नो नाममा कीर्तिमानी लेखाउन सफल भएका छन्।

खेलको २५ औं मिनेटमा डानी ओल्मोले गरेको शक्तिशाली प्रहार गोलमा परिणत हुँदा स्पेनले २-१ को अग्रता लिएको थियो। त्यसपछि खेलमा कुनै गोल हुन नसक्दा स्पेन फाइनलमा पुग्न सफल भएको छ।

स्पेनले अब बुधबार राति नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच हुने सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ। स्पेन १२ वर्षपछि उपाधि नजिक पुगेको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds