पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

pahiro

बागलुङ । पहिरोले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अवरुद्ध भएको छ । गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी र स्थानीयले पहिरो पन्छाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ । लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङ र छिमेकी जिल्ला रुकुमबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन दुदिलाभाटीमा रोकिएका छन् ।

यस्तै, राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा ठाउँठाउँमा खसेको पहिरोका कारण चार दिनयता सवारी आवागमन अवरुद्ध भएको छ ।

सडकको ‘ट्रयाक’ नै पहिरोले बगाएपछि करिडोर सञ्चालनका लागि कठिनाइ भइरहेको हो ।

जिल्लामा रहेका दुई ठूला राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा बागलुङका स्थानीय सडकमा चल्ने सवारीसाधन रोकिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds