नौबिसे–मलेखु सडक आजदेखि १५ दिनसम्म राति ५ घण्टा बन्द हुने

नौबिसे–मलेखु सडक आजदेखि १५ दिनसम्म राति ५ घण्टा बन्द हुने

road

पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु सडक आजदेखि १५ दिनसम्म रातमा बन्द हुने भएको छ । नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले एक सूचना निकालेर नौबिसे–मलेखु सडक खण्ड राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द गर्न लागिएको जनाएको छ ।

यो सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको संरचनामा काम गर्ने गरी आज रातिदेखि सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ । सडक बन्द भएको बेलामा अत्यावश्यक सेवाका एम्बुलेन्स, सुरक्षा निकायलगायतका गाडी भने चल्न सक्नेछन् ।

यो सडकको विकल्पमा गल्छी–बिदुर–छहरे–टोखा सडक प्रयोग गर्न सकिने पनि आयोजनाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ