माओवादीलाई एमालेको जवाफ- सरकार संविधानकै धाराबाट बन्छ, बालाजुको बाइस धाराबाट होइन

माओवादीलाई एमालेको जवाफ- सरकार संविधानकै धाराबाट बन्छ, बालाजुको बाइस धाराबाट होइन

cpn uml moist

नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले नयाँ सरकार कुन धाराबाट बन्ने भन्ने बहसको विषय नभएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिको सभा बैठकमा बोल्दै सांसद रिजालले नेकपा माओवादी केन्द्रले नयाँ सरकार संविधानको धारा ७६ को उपधारा ३ अनुसार बन्ने बताइरहँदा त्यो उसको विषय नभएको बताए । उनले सरकार संविधानकै धाराअन्तर्गत बन्ने भन्दै बालाजुको बाइस धाराबाट नबन्ने प्रष्ट पारे ।

मंगलबारको बैठकमा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादवले नयाँ सरकार उपधारा ३ अनुसार बन्ने दाबी गरेपछि जवाफ दिँदै उनले भने ‘अब बन्ने सरकार संविधानकै धाराभित्रबाट हो । बालाजुको बाइस धाराबाट बन्दैन । तपाईंहरूले चिन्ता लिनुर्दैन ।’

गत असार १७ गते मध्यराति नेपाली कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति गरेका थिए ।

सहमतिअनुसार असार २८ गतेपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् । दोस्रो चरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds