लागूऔषधसहित पोखराका दुई युवा स्याङ्जामा पक्राउ

लागूऔषधसहित पोखराका दुई युवा स्याङ्जामा पक्राउ

kamal-santosh

पोखरा वडा नं. १६ का ३४ वर्षीय कमल भण्डारी र पोखरा-२० बस्ने ३७ वर्षीय सन्तोषबहादुर नेपाली स्याङ्जामा पक्राउ परेका छन् ।

उनीहरु मंगलबार लागूऔषधसहित स्याङ्जा, वालिङ नगरपालिका वडा नं. १० फूलबारीस्थित सिद्धार्थ राजमार्गबाट पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट लागूऔषध ३८ एम्पुल नोर्फिम, २२ एम्पुल फेनारगन र ३५ एम्पुल डाइजापाम बरामद भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाका अनुसार वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

सुनौलीबाट पोखरातर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३७४२ नम्बरको हाईस जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेको डीएसपी रानाले बताए ।

उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds