बागलुङमा पहिरोपटक कालाजारको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिकाका ६१ वर्षीय पुरुषमा कालाजार देखिएको हो ।
परजीवीकाले टोक्दा मानिसको मृत्युका कारणमध्ये कालाजार औलोपछिको दोस्रो रोग हो । ‘स्यान्ड फ्लाई’ नामक भुसुनाको टोकाइबाट कालाजारको सङ्क्रमण हुन्छ । उक्त सङ्क्रमण देखिएका स्थानका ४१ जनामा स्वास्थ्य परीक्षण समेत भइसकेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
जिल्लामा पहिलोपटक कालाजार देखिएकाले कालाजार देखिएका स्थानमा उच्च सतर्कता अपनाइएको छ । साथै अनुगमन बढाइएको छभने आगामी दिनमा कालाजारको थप अध्ययन गरिने उक्त कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए ।
“विभिन्न नयाँ तथा पुराना रोग तथा सङ्क्रमणहरुको खोजपडतालअन्तर्गत ढोरपाटनका एक वृद्धमा उच्च ज्वरो देखिएपछि थप उपचारका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी लुम्बीनी मेडिकल कलेज पु¥याउदा कालाजार सङ्क्रमण पुष्टि भएको हो”, प्रमुख आचार्यले भने, “उक्त स्थानमा तत्कालै स्वास्थ्यकर्मी पुर्याएर उहाँसहित ४१ जनाको नमूना सर्वेक्षण गरिएको थियो ।”
आचार्यका अनुसार गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ढोरपाटनको छेन्तुङ क्षेत्रमा कालाजारको अध्ययन गरिनेछ ।
कालाजार पुष्टि भएका वृद्धको शरीरको तौल अत्यधिक मात्रामा घटेको पाइएको कार्यालयका मलेरिया इन्स्पेक्टर कमला थापाले जानकारी दिए । कालाजार देखिएपछि १४ दिनभन्दा बढी उच्च ज्वरो आउनु, तौल घट्नु र शारीरिक रुपमा कमजोरी देखिने जस्ता लक्षण देखिन्छन् । रासस
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला