पोखराका शिक्षासेवी शंकर गौतमको निधन

पोखराका शिक्षासेवी शंकर गौतमको निधन

shankar gautam

पोखराका शिक्षासेवी शंकर गौतमको ६७ वर्षको उमेरमा सोमबार निधन भएको छ ।

कास्कीका पूर्व जिल्ला शिक्षा अधिकारी भएर सेवा गरेका उनी केही महिनादेखि उच्च रक्तचाप र जण्डिसबाट पीडित थिए । उनको उपचारका क्रममा निधन भएको हो ।

पोखरा–२० भलाममा जन्मिएका गौतमको परिवार हाल बाटुलेचौरमा बस्दै आएको छ । उनको मंगलबार बिहान पोखरा–१६ स्थित निवासबाट शवयात्रासहित अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।

उनी पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा समेत कार्यकारी निर्देशक भएर काम गरेका थिए ।

टग अफ वार कास्की अध्यक्ष भएर काम गरेका उनको खेलकुदमा निकै रुची थियो । उनलाई सबैले निकै शालीन व्यक्तित्वको रुपमा चिन्थे।

उनका आमा, श्रीमती, छोराबुहारी र २ छोरी छन् । पिता तेजबहादुर भलामका तत्कालीन प्रधानपञ्च तथा पूर्वगाविस अध्यक्ष थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds