प्रवासी नेपाली मञ्च, यूके साउथ वोइस्ट शाखाको अध्यक्षमा प्रमिश शर्मा (शिव) सर्वसम्मत चयन भएका छन्।
यूकेमा भएको मञ्चको अधिवेशनले शाखाको उपाध्यक्षमा दिपक खड्का, सचिवमा प्रताप अधिकारी र कोषाध्यक्षमा चन्दन गुरुङ चयन भए ।
यस्तै, मञ्चका सदस्यहरुमा नइन्द्र गुरुङ, हेम थापामगर, सपना मल्ल के.शी, सुसेन थापा, सन्तबहादुर गुरुङ, प्रकाश गिरी र प्रमोद थापा चुनिए ।
यसअघि, कार्यक्रम बोल्दै नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा प्रवासी नेपालीहरुको विकास र प्रवर्द्धन हुने सकारात्मक खालको काम गर्ने बताए । उनले आफूलाई अध्यक्ष बनाएकोमा सबैलाई धन्यवाद दिँदै राम्रो काम गर्न सबैको सहयोगको अपेक्षा समेत गरे।
यस्तै, कार्यक्रममा उपाध्यक्ष खड्काले युकेमा नेपाली समाजहरुले धेरै कार्यक्रम गरेको बताउँदै भोलिका दिनमा मञ्चले नेपाली समाजमुखी विभिन्न कार्यक्रम आयोजना गर्ने बताए ।
सचिव अधिकारीले आफूलाई सचिव जस्तो उर्जाशील पदमा निर्वाचित गराउने सबैलाई आभार व्यक्त गर्दे युवाको हकहित र क्षमता विकासका काम गर्न पहल गर्ने बताए । उनले भोलिका दिनमा विविध कला, संस्कृतिमुखी कार्यक्रम गर्ने पनि बताए ।
सम्बन्धित खबर
दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु
अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध विरोध प्रदर्शन
भारतीय चलचित्र अभिनेता मनोज कुमारको निधन
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीसँग आज भेटवार्ता
बिम्स्टेक शिखर सम्मेलन सुरू, सँगै उभिए ओली र मोदी
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर