आँधिखोलामा एक पुरुष मृत अवस्थामा फेला

आँधिखोलामा एक पुरुष मृत अवस्थामा फेला

Ums sth1

स्याङ्जाको पुतलीबजार नगरपालिका हुँदै बग्ने आँधिखोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा फेला पर्ने भिरकोट नगरपालिका -४ छाङ्छाङ्दी बस्ने ४० वर्षीय बस चालक सुरेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

श्रेष्ठ आइतबार प्रदेश नं.३-०२-००९ प ०१९३ नं. को स्कुटी लिई पुतलीबजार न.पा. ३ पुतलीखेत स्थित बहिनीको डेराकोठामा बस्ने छोरा/छोरी भेट्न भनि घरबाट निस्की हिँडेको डिएसपी रानाले बताए । डिएसपी रानाका अनुसार श्रेष्ठ सवार स्कुटर सोमबार बिहान पुतलीवजार न.पा. १ मालेबगर स्थित आँधीखोलामा खोलाको बिच भागमा पानीमा बगाई ल्याई अड्किएको अबस्था भेटिएको थियो ।

स्कुटरमा सवार श्रेष्ठ सम्पर्कबिहिन रहेकोले नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहकार्यमा खोजतलास गर्ने क्रममा पुतलीबजार नगरपालिका -१३ बगालेथोकस्थित गैरीसागर आँधिखोलाको किनारमा उनको शव फेला परेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 3 seconds