आँधिखोलामा बेवारिसे अवस्थामा स्कुटर भेटियो, सवार रहेका बेपत्ता

आँधिखोलामा बेवारिसे अवस्थामा स्कुटर भेटियो, सवार रहेका बेपत्ता

scooter syj

स्याङ्जाको पुतलीबजार नगरपालिका हुँदै बग्ने आँधिखोलाले बगाई ल्याएको अवस्थामा एउटा बेवारिसे स्कुटर भेटिएको छ भने स्कुटरमा सवार बेपत्ता रहेका छन् ।

भिरकोट नगरपालिका -४ छाङ्छाङ्दी बस्ने ४० वर्षीय बस चालक सुरेश श्रेष्ठले आइतबार प्रदेश नं.३-०२-००९ प ०१९३ नं. को स्कुटी लिई पुतलीबजार न.पा. ३ पुतलीखेत स्थित बहिनीको डेराकोठामा बस्ने छोरा/छोरी भेट्न भनि घरबाट निस्की हिँडेकोमा उनी सवार स्कुटर खोला किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

पुतलीवजार न.पा. १ मालेबगर स्थित आँधीखोलामा खोलाको बिच भागमा पानीमा बगाई ल्याई अड्किएको अबस्थामा भेटिएको स्कुटरलाई पानी बाहिर निकाली जि.प्र.का. स्याङजा लगिएको डिएसपी रानाले बताए ।

उनले स्कुटरमा सवार श्रेष्ठ हालसम्म सम्पर्कबिहिन रहेकोमा खोजतलास कार्य तथा थप अनुसन्धान भइरहेको बताए । उक्त स्कुटर कँहाबाट बगाएर ल्याएको भन्ने अहिलेसम्म खुल्न नआएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ