बेचबिखन गर्ने उद्देश्यले बालबालिका भारत लैजान खोज्ने ३ जना जेल चलान

बेचबिखन गर्ने उद्देश्यले बालबालिका भारत लैजान खोज्ने ३ जना जेल चलान

pakrau

पोखरा । मानव बेचबिखन गर्ने उद्देश्यले बालबालिकाहरुलाई भारत लैजान खोज्ने समूहका तीन जना कारागार चलान भएका छन् । कारागार चलान हुनेहरुमा सम्बरबहादुर तामाङ, इन्दिरा कटुवाल र डिल्लीबहादुर तामाङ छन् ।

उनीहरुले आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई पोखराको होटलमा वेटरको काम लगाइदिने भन्दै झुक्याएर बेच्ने उद्देश्यले भारततर्फ लगिएको भन्दै ललितपुरबाट पक्राउ गरिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको आइतबारको इजलासले सम्बरबहादुर र इन्दिरालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

डिल्लीबहादुरलाई भने २ लाख धरौटीमा छाड्न आदेश दिइएको थियो । तर, धरौटी बुझाउन नसकेपछि डिल्लीबहादुरसहित तीनै जनालाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds