स्याङ्जामा पहिरो [अपडेट] : बिरुवामा तीन जनाको मृत्यु, पाँच जनाको उद्धार

स्याङ्जामा पहिरो [अपडेट] : बिरुवामा तीन जनाको मृत्यु, पाँच जनाको उद्धार

pahiro biruwa

लगातारको भारी वर्षाका कारण गएको पहिरोमा परी स्याङ्जाको विरुवा गाउँपालिका -६ लामाखेतमा तीन जनाको मृत्यु भएको छ । सोही पहिरोमा घाइते भएका पाँच जनाको उद्धार गरिएको छ ।

शनिबार बिहान स्याङ्दीमा रहेको आफ्नो घर पहिरोले पुर्दा बास बस्न गएको स्थानीय ईश्वरी लम्सालको घरमा नै पहिरो गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनले सोही पहिरोमा परी मृत्यु हुने विरुवा गाउँपालिका -६ माझकोट बस्ने ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी, ६७ वर्षीया हरिमाया शर्मा र ७१ वर्षीय माधव शर्मा रहेको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds