अबको तीन महिना डेंगु तीव्र बढ्ने, गण्डकीमा २ सय १२ जना बिरामी

अबको तीन महिना डेंगु तीव्र बढ्ने, गण्डकीमा २ सय १२ जना बिरामी

गण्डकीमा गत वर्ष ७ जनाले ज्यान गुमाए, पछिल्लो ६ महिनामा २१२ जना बिरामी

dengue

अबको तीन महिना डेंगु संक्रमण तीव्र रूपमा फैलने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको छ।

नेपालमा यो वर्षको मनसुन सक्रिय भइसकेको छ। जब वर्षा हुन थाल्छ तब डेंगुको संक्रमण पनि उच्च हुने भन्दै सतर्क रहनुपर्ने  अधिकारीहरूले बताएका हुन्।

पछिल्लो समय सातै प्रदेशमा डेंगु संक्रमणको ग्राफ उकालो लागिरहेको छ । सात प्रदेशमध्ये बागमती प्रदेशमा संक्रमण दर बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । गण्डकी तेस्रो स्थानमा छ । गत वर्ष गण्डकी प्रदेशमा डेंगु संक्रमणबाट ७ जनाले ज्यान गुमाए ।

योसँगै यस वर्ष हालसम्म ७३ जिल्लामा डेंगु फैलिइसकेको छ। यो अवधिमा सबैभन्दा धेरै काठमाडौं जिल्लामा बिरामी देखिएका छन्। काठमाडौँ जिल्लामा १५९ जना डेंगुका विरामी रहेका छन्।

हालसम्मको तथ्याङ्क अनुसार देशभरमा तनहुँ जिल्ला टप टेनमा परेको छ ।  सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको तथ्याङ्क अनुसार तनहुँमामात्र डेंगु संक्रमणबाट ५ जनाले ज्यान गुमाएका थिए ।

देशभर डेंगुका विरामीकाे संख्या १ हजार ४३२ पुगेको छ। गण्डकीमा २ सय १२ जना डेंगुका बिरामी छन् । केन्द्रीय तथ्याङ्क अनुसार बागमती प्रदेशमा ४ सय ८२, कोशीमा ३ सय ५०, लुम्बिनीमा १ सय ७१, सुदूरपश्चिममा मधेश प्रदेशमा १ सय ५९, मधेशमा ३८ र कोशीमा २० जनामा डेंगुको संक्रमण देखिएको छ । तर अहिलेसम्म ३ जिल्ला (डोल्पा, हुम्ला र मुस्ताङ) मा भने संक्रमण भेटिएको छैन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले मनसुन सक्रिय रहेको समयमा डेंगु संक्रमण पनि उच्च हुने बताए। उनले यो वर्ष अलि ढिलो मनसुन शुरु भएको र अब डेंगु लागमखुट्टे पनि सक्रिय रहने बताएका हुन्।

डा. दाहालले भने‚ ‘यो वर्ष मनसुन अलि ढिला शुरु भएको छ। गत वर्षको २३ औँ हप्तादेखि डेंगु संक्रमण तीव्र रूपमा रिपोट भएको थियो तर यो वर्ष ढिला मनसुन शुरु भएको कारण २६ औँ हप्तामा संक्रमण बिस्तारै बढ्न थालेको छ। अबको तीन महिना डेंगुका बिरामी बढ्छन्, यो तीन महिनाको अवधिमा कुनै पनि ठाउँमा डेंगु फैलिन सक्छ। त्यसैले व्यक्तिदेखि हरेक स्थानीय तहलाई हामी सतर्कता अपनाउन आग्रह गर्छौँ।’

डेंगु फैलाउने लामखुट्टेले जमेको सफा पानीमा अण्डा पार्ने पर्छ र छिटो फैलिन्छ। लामखुट्टेको टोकाइबाट जोगिनु नै डेंगुबाट जोगिनु रहेको भन्दै आफ्नो कार्यालय तथा घर वरपर पानी जम्न नदिन र र लामखुट्टेको टोकाइबाट बच्न दाहालले सबैलाई आग्रह गरे।

डेंगु संक्रमण भएको पोथी जातको लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्छ। यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो।

संक्रमणको जोखिम तीव्र बढेको समयमा सकभर आफ्नो घरवरपर पानी जम्न नदिन र हप्तामा एकपटक अनिवार्य रूपमा आफ्नो घर तथा अफिसवरपर सरफाइ गर्नैपर्ने महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले बताए। ‘यो मौसममा डेंगुले हामीलाई एकदमै सताउँदै आएको छ। यसका लागि हामी सबै मिलेर लाग्नुपर्छ हरेक व्यक्तिले पहिला आफू सतर्कता अपनाउने र हरेक हप्ता एकपटक आफ्नो घरवरपर सरसफाइ मात्रै गर्न सकियो भने पनि संक्रमणबाट धेरै जोगिन सकिन्छ’‚ डा. घिमिरेले भने।

यसबाट बच्न झुल लगाएर सुत्ने, साँझबिहान लामा बाहुले कपडा लगाएर बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगु रोकथाम गर्न सकिन्छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ