पोखराको रामघाट वर्षेनी ताल बन्छ । सेती नदिको निकास सानो भएकाले हरेक वर्ष वर्षाको बेला यहाँ ताल बन्छ ।
दाहसंस्कार गर्नका लागि निकै उचो ठाउँमा बनाइएको शवदाह गृह समेत प्रभावित हुने गरी पानीको सतह बढ्छ ।
नदि छेउछाउमा बसोबास गर्नेहरुलाई नै विस्थापित गर्ने गरी पानी थुनिने गरेको छ ।
निरन्तर वर्षा भइरहे जनजीवनलाई नै असर पर्ने गरी पानी थुनिने सुरक्षाका लागि पूर्व तयारी अपनाउनुपर्ने हुन्छ ।

पोखरा-१४ स्थित गस्तीटोल खाली गराइयो
सेती नदीमा पानीको बाहव बढेर बस्ती नै जोखिममा परेपछि पोखरा महानगरपालिका वडा नं. १४ गोस्टीटोलका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
सेती नदी किनारमा बसोबास गर्दै आएका ५ घरधुरीका २३ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीहरु सबैलाई सम्पूर्ण सामाग्रीसहित गस्ती टोल विकास संस्थाको भवनमा राखिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

गस्ती टोलका बिष्णुमाया सुनुवारको ५ जना, डोल्मा शेर्पाको ७ जना, शुकदेव गुरुङको ४ जना, डावा शेर्पाको ४ जना र काजी शेर्पाको ३ जनाको परिवारलाई टोल विकास संस्थाको भवनमा स्थानान्तरण गरिएको डीएसपी शर्माले जानकारी दिए ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते