पर्वत पहिरो [अपडेट]: भैंसीबाख्रा जोगाउने क्रममा बेपत्ता दुवैको शव भेटियो

पर्वत पहिरो [अपडेट]: भैंसीबाख्रा जोगाउने क्रममा बेपत्ता दुवैको शव भेटियो

parbat pahiro goth

पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटामा पहिरोमा पुरिएर दिउँसोदेखि वेपत्ता २ जनाको शव भेटिएको जानकारी प्राप्त भएको छ ।

स्थानीय टिमुरबोट निवासी ४० वर्षीय झलकप्रसाद शर्मा र स्याङ्जा आँधीखोला गाउँपालिका वडा नं. ३ निवासी ३३ वर्षीय तुलसीप्रसाद शर्मा वेपत्ता भएका थिए । एक जनाको नजिकै र अर्का एकको तल सपेथ फाँटमा भेटिएको स्थानीयले जनाएका छन् ।

अविरल वर्षाका कारण आज दिउँसो २ः३० बजे घरमाथिबाट आएको पहिरोले स्थानीय कुलप्रसाद पाध्याको गोठ पुरिएको र गोठमा रहेका भैसी र बाख्रालाई जोगाउन जाँदा उनीहरु बेपत्ता भएको बताइन्छ ।

भैसी र बाख्रालाई जोगाउन खोज्दा गोठको तल्लो भाग र माथिल्लो भागबाट एक्कासी पहिरो गएर गोठमा रहेका बस्तुभाउ सहित उनीहरुलाई बगाएको स्थानीयले बताएका छन् ।

पहिरोले २ वटा माउ भैँसी, १ पाडो, ४ वटा बाख्रासमेत  बगाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ