पहिरोमा परी भिरकोटमा एकजना वृद्ध बेपत्ता, स्याङ्जामा कहाँ के भए ?

वर्षामा विपद्

पहिरोमा परी भिरकोटमा एकजना वृद्ध बेपत्ता, स्याङ्जामा कहाँ के भए ?

Bhrkt pahiro

निरन्तरको अविरल वर्षाका कारण गएको पहिरोमा परी स्याङ्जाको भिरकोटमा एकजना वृद्ध बेपत्ता भएकी छन् ।

बेपत्ता हुनेमा भिरकोट नगरपालिका -५ ज्यामिरेकी ७३ वर्षीया खेम कुमारी मल्ल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

[सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानियको ठुलो प्रयासमा पुरिएको अवस्थामा मल्लको शव आइतबार दिउँसो मात्र फेला परेको हो ।] – प्रहरीका अनुसार अद्यावधिक गरिएको ।

यस्तै, विगत केही दिनदेखि परेको अविरल वर्षाको कारण स्याङ्जा जिल्लाका विभिन्न स्थानहरूमा क्षति भएको छ । अहिलेसम्मको तथ्यांकअनुसार स्याङ्जा गल्याङ नगरपालिका वडा न. -०७ देबिस्थान बस्ने मिना थापाको ढुङ्गा माटो र काठले बनेको खरको छानो भएको १ तले गोठको तलबाट पहिरो जाँदा उक्त गोठ पहिरोले बगाएको, १ वटा भैंसी र १ वटा पाडो पुरिएर मृत्यु भएको, बिष्णु माया थापाको २ तले पक्की घर जोखिममा रहेको, मित्र कुमारी बरालको २ तले कच्ची घर जोखिममा रहेको र यम बहादुर हिटानको ३ तले कच्ची घर जोखिममा रहेको छ ।

यसैगरी, स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं.-०१ वाणिज्य बैंक अगाडि रहेको ३० वर्षीय फारुक अलिको वर्कसपमा करिब ५० मिटर माथिबाट पहिरो आई मोटरसाईकल धुने २ वटा मेसिन पुरीएको, टिनको छानोमा क्षति भएको र धुन राखिएको स्थानीय अल्ताव हुसेनको बा. ०२-०५० प.४०१८ नं. स्कूटर पुरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं.-०३ कालीमाटी बस्ने ४५ वर्षीया आसा रोक्काको १ तले पक्की घरमा करिब २०/२५ मिटर माथिबाट पहिरो आई घर जोखिम अवस्थामा रहेको छ । आँधीखोला गाउँपालिका वडा नं.-०३ काउरे बस्ने ७१ वर्षीया मनमाया बि.क. को खरको छानो भएको कच्ची गोठमा माथिबाट पहिरो आई गोठ पूर्ण रुपमा क्षति हुनुको साथै २ वटा बाख्रा मरेका छन् ।

स्याङ्जा अर्जुनचौपारी गाउँपालिका वडा नं. ०३ बस्ने सरस्वती दमईको ढुङ्गा माटो ब्लकले बनेको टिनले छाएको एक तले घर वर्षातको कारण भत्कीन गई पूर्ण रुपमा क्षति भएको छ र अर्जुनचौपारी गाउँपालिका वडा नं.-० १ दारेगौँडा बस्ने ५० वर्षीय गुड्डु ब. दमईको एक तले कच्ची घर वर्षातको कारण आंशिक रुपमा क्षति भएको प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार वालिङ न.पा. १ बिर्सिखा टोल रामबाच्छा बस्ने टेक बहादुर बि.क.को १ तले पक्की घर अविरल वर्षाको कारण माथिबाट पहिरो आई घरको अगाडि साईडमा शौचालय क्षति हुनुका साथै घर नजिकै रहेको गोठ समेत भत्किई गोठ भित्र रहेको ३ वटा बाख्रामा २ वटा बाख्रा मरेको र १ वटा घाईते भएको छ । गल्याङ नगरपालिका वडा नं. -०६ पिडिखोला स्थित टांडी बस्ने देव बहादुर गुरुङले खेतमा जोत्न लिएर हिँडेको गोरु खोलाको किनारमा हिँडने क्रममा जमिन भासिन गई १ वटा गोरु खोलामा खसेर बेपत्ता भएको छ ।

त्यसैगरी, अर्जुनचौपारी १ बस्ने टोप ब. गुरुङले खेत जोत्न लैजाने क्रममा खाल्टे ठाडो खोलाले १ वटा गोरु बगाई बेपत्ता भएको छ । अविरल वर्षाका कारण स्याङ्जा जिल्लास्थित अवरुद्ध सिद्धार्थ राजमार्ग खुलाउने प्रयास जारी रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds