पोखरामा शनिबार आफै चढेको बसले किचेर एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १८, ग्यारजाती बस्ने ७२ वर्षीया ललिता थापा रहेको प्रहरीले जनाएको छ ।
बिन्दबासिनीचोकबाट सराङकोट तर्फ जाँदै गरेको ग १ ख ४१५६ नम्बरको बसमा सवार थापा शनिबार दिउँसो ३ः४५ बजे पोखरा ग्यारजातीमा पुगेपछि उक्त बसबाट ओर्लिएर हिँड्ने क्रममा सोही बसको पछाडिको पाङग्राले च्यापी घाईते भएकी थिइन् ।
गम्भीर घाईते भएकी थापालाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल ल्याएकोमा दिउँसो ०४ः०४ बजे चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।
दश दिन अघि मात्रै असार १० गते पनि पोखरा तालचोकमा आफै चढेको बसले किचेर मादी गाउँपालिका वडा नं. ९ मिजुरे घर भई पोखरा २९ आदर्शचोक बस्दै आएकी ४२ वर्षीया बुद्धिसरा नेपालीको ज्यान गएको थियो । उनको पनि झर्ने क्रममा पछाडिको पाङ्गराले किचेर मृत्यु भएको थियो ।
सम्बन्धित खबर
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते