स्याङ्जामा पहिरो : विरुवामा दुईजनाको मृत्यु, एक बेपत्ता पाँच घाइते

स्याङ्जामा पहिरो : विरुवामा दुईजनाको मृत्यु, एक बेपत्ता पाँच घाइते

pahiro biruwa

लगातारको भारी वर्षाका कारण गएको पहिरोमा परी स्याङ्जाको विरुवा गाउँपालिका -६ लामाखेतमा दुई जनाको मृत्यु भएको छ । सोही पहिरोमा एकजना बेपत्ता भएका छन् भने पाँच जना घाइते भएका छन् ।

शनिबार बिहान स्थानीय ईश्वरी लम्सालको घरमा गएको पहिरोमा परी मृत्यु हुने विरुवा गाउँपालिका -६ माझकोट बस्ने ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्मा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनले सोही पहिरोमा बेपत्ता रहेका माझकोट बस्ने ७१ वर्षीय माधव शर्माको खोजीमा प्रहरी लागिरहेको र घाइते पाँचजनालाई उद्धार गरिएको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ