काठमाडौंको नागार्जुनमा पहिरोमा परी गोरखाका बिकको मृत्यु

काठमाडौंको नागार्जुनमा पहिरोमा परी गोरखाका बिकको मृत्यु

pahiro- sanket

सांकेतिक तस्विर

काठमाडौं । काठमाडौं उपत्यकामा अविरल वर्षासँगै आएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान नागार्जुन नगरपालिका ३ स्थित सिङ्गल ट्रीनजिकै गएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरो आएर ट्रपिकल रेस्टुरेन्टको किचनको कोठा पुरिँदा गोरखा लखन थापा गाउँपालिका ६ घर भई हाल सोही रष्टुरेन्टमा किचन हेल्परको रूपमा काम गर्ने २२ वर्षीय मनोज बिक गम्भीर घाइते भएका थिए ।

तत्कालै उनलाई स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ