गण्डक ब्यारेजमा पानीको सतह बढ्यो

गण्डक ब्यारेजमा पानीको सतह बढ्यो

gandak-Barrage

लगातार पानी परेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजमा पानीको सतह बढेको छ ।

शनिबार बिहान साढे ७ बजे त्रिवेणीस्थित जलमापन केन्द्रले दिएको सूचनाअनुसार पानीको सतह करिब १० मिटरको लेभलमा पुगेको छ । त्यहाँ पानीको सतह ११ मिटर पुगेपछि खतराको तह भन्ने बुझिन्छ ।

लगातारको झरीले नारायणी नदी र त्यससँग जोडिएका खोलमा बाढी आएका कारण गण्डक नदीमा पानीको सतह बढेको हो ।

गण्डकबाट भारतले उत्तर प्रदेश र बिहारमा सिचाइँका लागि पानी लगेको छ । बिहार र उत्तरप्रदेशका क्षेत्रमा डुबानको खतरा बढेपछि भारतले गण्डक ब्यारेजका ढोका खोल्ने गर्छ ।

प्रहरी चौकी त्रिवेणीका अनुसार गण्डक ब्यारेजमा सबैजसो ढोका केही माथि उचालिए पनि पुरै खोलिएको छैन । भारतमा डुबानको खतरा बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलेर नदीमै पानी पठाइन्छ ।

गएको बिहीबारयता गण्डकी प्रदेशको अधिकांश स्थानमा लगातार झरी परेको छ । नारायणीमा मिसिने नदी तथा खोलामा भल र बाढीले नारायणी नदीमा (त्रिवेणीमा गण्डक भनिन्छ) पानीको सतह बढेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ