स्याङ्जामा खोलाले बगाउँदा एक जनाको मृत्यु

स्याङ्जामा खोलाले बगाउँदा एक जनाको मृत्यु

khola-badhi

स्याङ्जा । स्याङ्जामा अरगैदी खोलाले बगाउँदा एक बृद्धको मृत्यु भएको छ ।

शुक्रबार बिहान ०७ः५५ बजे घर नजिकैको उक्त खोला तर्ने क्रममामा बगाउँदा पुतलीबजार नगरपालिका–१ बिरेन्द्रनगर बस्ने वर्ष ७४ को तिल बहादुर भुजेलको मृत्यु भएको हो ।

खोलाले बगाएर घाईते भएका भुजेललाई उनका आफ्नै छोरा होम बहादुर भुजेलले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल स्याङ्जामा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ