पोखराको नदिपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा स्टक पिचिङ प्रतियोगिता गरिएको छ ।
कलेजमा बिबिए अध्ययनरत विद्यार्थीहरुले नेप्सेमा सूचीकृत भएका कम्पनीहरुको शेयर मूल्यको अवस्था र यसको खरीद विक्री सम्बन्धमा आफ्ना योजना प्रस्तुत गरेका थिए ।
मुक्तिनाथ विकास बैंकको शीर्षकमा आफ्नो तर्क प्रस्तुत गरेका बिबिए चौथो सेमेस्टरका जेम्स शाक्य, अनुप महन्ददार र आयुष पहारीको समूह सर्वोत्कृष्ट बन्न सफल भए ।
नेपाल टेलिकम शीर्षकमा आफ्नो योजना प्रस्तुत गरेका छैटौँ सेमेस्टरमा अध्यनरत अञ्जली पौडेल र सचिन कुमार रामको समूह दोस्रो बने । अञ्जली र सचिन हालै सार्वजनिक भएको पाचौँ सेमेस्टरको नतिजामा पोखरा विश्वविद्यालय टप गर्ने विद्यार्थी समेत रहेको कलेजका बीबीए कार्यक्रम संयोजक हरि अधिकारीले बताए ।
त्यसैगरी, शिवम सिमेन्टको शिर्षकमा आफ्नो योजना प्रस्तुत गरेका आठौँ सेमेस्टरका सन्तोष थापा र एन्जिला सुवेदी तेस्रो बने । प्रतियोगिता ७ ओटा समूहले प्रतिस्पर्धा गरेका थिए ।

प्रथम, द्वितीय र तृतीय बन्ने समूहलाई नगद पुरस्कार क्रमशः पाँच हजार, तीन हजार र दुई हजारका साथमा प्रमाणपत्र, गिफ्ट ह्याम्पर प्रमुख अतिथि समेत रहेकी कलेजकी प्राचार्य लिना नेगी श्रेष्ठले प्रदान गरिन् ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरुको योजनालाई पोखराका फाइनान्सका निर्देशक प्रतिक गुरुङ र स्टक ट्रेडर सौरभ राज गैरेले मूल्यांकन गरेका थिए । छैटौँ सेमेस्टर दिवा सत्रमा अध्ययनरत बिबिएका विद्यार्थीको आयोजनामा कार्यक्रम भएको हो ।

सम्बन्धित खबर
भारतले पानी नदिँदा गण्डक जलविद्युत्को बिद्युत उत्पादन बन्द
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
तनहुँकी एक महिलाले ढुङ्गाले हानेर चारमहिने छोराको गरे हत्या
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध