खुकुरी प्रहार गरी आफ्नै आमाको हत्या, छोरा पक्राउ

खुकुरी प्रहार गरी आफ्नै आमाको हत्या, छोरा पक्राउ

pakrau-3

पोखरा । तेह्रथुममा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

लालीगुराँस नगरपालिका–८ सोल्मा तेजेन्द्र चोकमा ४६ वर्षीया तिलमाया नेपालीको हत्या गरेको अभियोगमा उनका छोरा २३ वर्षीय दीपक नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

दीपकले खुकुरी प्रहार गर्दा तिलमायाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय वसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले दीपकलाई पक्राउ गरेको थियो ।

घरायसी विवादका कारण दीपकले आमालाई खुकुरी प्रहार गरेको खुलेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds