वर्षाका कारण भत्किएको गोठमा परि चौपायाहरुको मृत्यु, सिंजाली परिवार घाइते

वर्षाका कारण भत्किएको गोठमा परि चौपायाहरुको मृत्यु, सिंजाली परिवार घाइते

Photo goth_copy

अविरल वर्षाका कारण स्याङ्जाको भिरकोट नगरपालिका स्थित साउण्डीस्थित सिंजाली परिवारको गोठ भत्किँदा चौपायाहरुको मृत्यु भएको छ भने सिंजाली परिवार घाइते भएका छन् ।

भिरकोट -९ साउण्डी बस्ने ६७ वर्षीय चन्द्र बहादुर सिंजालीको २ तले कच्ची गोठमा अविरल वर्षाका कारण भत्किँदा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

डिएसपी रानाका अनुसार शुक्रबार बिहान चौपायाहरुलाई कुँडो दिन जाने क्रममा गोठ भत्किँदा चन्द्र बहादुर सिंजाली र उनकी ५८ वर्षीया श्रीमती ठकुकुमारी सिंजाली समेत सामान्य घाइते भएका थिए । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मा उपचार भईरहेको डिएसपी रानाले बताए ।

सिंजाली परिवारको गोठ भत्किँदा गोठमा रहेका एउटा भैंसी , दुईवटा बाख्राहरुको मृत्यु भएको छ भने अर्को एउटा भैंसी घाइते भएको प्रहरी कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ