खोलाले बगाउँदा स्याङ्जामा एक वृद्धको मृत्यु

खोलाले बगाउँदा स्याङ्जामा एक वृद्धको मृत्यु

death-body

खोलाले बगाउँदा स्याङ्जामा एक वृद्ध पुरुषको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका विरेन्द्रनगर हुँदै बग्ने अरौँदीखोलाले बगाउँदा पुतलीबजार नगरपालिका -१ बस्ने ७४ वर्षीय तिल बहादुर भुजेलको मृत्यु भएको हो ।

शुक्रबार बिहान अरौँदीखोला तर्ने क्रममा वृद्धलाई खोलाले बगाउँदा घाइते भएको प्रहरी कार्यालयले जनाएको छ ।

घाइते वृद्धलाई आफ्नै छोराले उद्घार गरेर स्याङ्जा अस्पताल लगेकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ