नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने ६५ वर्षीय भिम पक्राउ

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने ६५ वर्षीय भिम पक्राउ

bhim paudel1

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका भिम बहादुर पौडेल पक्राउ परेका छन् ।

स्याङ्जाको वालिङ् नगरपालिका -११ भकभका बस्ने ६५ वर्षीय पौडेल विगत १ वर्षदेखि फरार रहेका थिए ।

स्याङ्जा जिल्ला अदालतले गत २०७९ साल चैत २० गतेका दिन पौडेललाई बालिकालाई यौन दुरुपयोग गरेको पुष्टि गर्दै ६ महिना १७ दिन कैद तोकेपछी फरार रहेको प्रहरीले जनाएको छ ।

उनलाई वडा प्रहरी कार्यालय वालिङ्बाट खटिएको प्रहरीले आज उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ