प्याराग्लाइडिङ दुर्घटनामा ज्यान गुमाएका निस्सिमको शालिक पोखरा रंगशालामा

प्याराग्लाइडिङ दुर्घटनामा ज्यान गुमाएका निस्सिमको शालिक पोखरा रंगशालामा

२१ लाख लगानी

nissim thapa

पोखरा । नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटनामा परी ज्यान गुमाएका निस्सिम थापा मगरको शालिक अनावरण गरिएको छ ।

पोखरा रंगशालामा निर्मित स्व. निस्सिमको शालिकको आज एक कार्यक्रम गरी अनावरण गरिएको हो।

शालिकको अनावरण निस्सिमका बुबा प्रकाश थापा र आमा सावित्री थापा मोक्तानले गरेका हुन् । २०७९ को असोज र कात्तिकमा पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लबबाट सहभागी भएका निस्सिमले प्याराग्लाइडिङ प्रतिष्पर्धाका क्रममा ज्यान गुमाएका थिए ।

आर्मीबाट क्रस कन्ट्रीको इभेन्ट्समा प्रतिस्पर्धा गरिरहेका थापा एक सय मिटर माथिबाट जमिनमा खस्दा निधन भएको थियो । निस्सिम थापा फाउन्डेसनले सरकारको आर्थिक सहयोगमा शालिक निर्माण गरेको हो ।

शालिक निर्माणका लागि २१ लाख लगानी भएको फाउण्डेशनका अध्यक्षसमेत रहेका स्व.निस्सिमका बुबा प्रकाश थापाले जानकारी दिए । उनले नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङ्ग्लाइडिङ एशोशिएशन नेफाका तत्कालीन पदाधिकारीको लापरवाहीका कारण निस्सिमको ज्यान गएको आरोप लगाए ।

सम्बन्धित समाचारः

पोखराका प्यारापाइलट निस्सिम थापाको मृत्यु आयोजकको गम्भीर लापरबाहीले भएको परिवारको दाबी [भिडियो]

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ