पोखराको पूरानो एयरपोर्ट नजिकै नागढुंगा उकालोमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक विदेशी नागरिक घाइते भएका छन् ।
घाइते हुनेमा २६ वर्षीय रसियन नागरिक पिड्नेड भेनी रहेका छन् ।
मुस्ताङचोकबाट पृथ्वीचोकतर्फ गुडेको बा ९० प ५८३९ नम्बरको बेनेली मोटरसाइकल नागढुङ्गाको उकालोमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि फेवासिटी अस्पतालमा लगेर उपचार भइरहेको छ । आइसियू कक्षमा उपचाररत उनको टाउकोमा रगत जमेको देखिएको छ । यद्यपी, अवस्था भने मध्यम रहेको प्रहरी बताउँछ ।
उनले हेलमेट नै नलगाई ओभरस्पीडमा बाइक कुदाएको प्रत्यक्षदर्शीसमेत रहेका पत्रकार लालप्रसाद शर्माले जानकारी दिएका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा हेलमेट नलगाएको बैदाम प्रहरीले देखेपछि तीव्र गतिमा भाग्ने क्रममा दुर्घटनामा परेको खुलेको छ । भेनीको मेडिकल रिपोर्ट आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल काठमाडौं बालुवाटारका सौगात साम बाँनियाको नाममा दता रहेकाले भाडामा प्रयोग गरिएको हुनसक्ने अनुमान गरिएको छ ।
सम्बन्धित खबर
पत्रकारका लागि डिजिटल साक्षरता तालिम
भूकम्पसम्बन्धी सचेतना फैलाउन पोखरामा नास्टको ‘भूकम्प सिकाइ प्रदर्शनी’
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध