रास्वपाबारे मुकुल ढकालले देश डुलेर बनाएको ३२ पन्ने प्रतिवेदन बाहिरियो [पूर्णपाठ]

रास्वपाबारे मुकुल ढकालले देश डुलेर बनाएको ३२ पन्ने प्रतिवेदन बाहिरियो [पूर्णपाठ]

mukul-dhakal

सर्वसम्मत निर्णयबाट निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले तयार गरेको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ ।

रास्वपाका संस्थापकमध्ये एक उनले उक्त प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइसकेका छन् । उनले उक्त प्रतिवेदन गत साता बुधबार पार्टी सभापति लामिछानेलाई बुझाएका थिए ।

ढकालले उक्त प्रतिवेदनमा वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपा र सभापति रवि लामिछानेको लोकप्रियता खस्किँदै गएको उल्लेख गरेका थिए ।

बुधबारको बैठकमा प्रतिवेदन पेश गर्न नदिइएपछि त्यहीकुरा उनले सञ्चारमाध्यममा बताइसकेका छन् ।

गत वैशाख १० गते इलाम क्षेत्र नम्बर २ मा जमानत जफत हुने गरी रास्वपा हारेको थियो । त्यसपछि रास्वपाले नेताहरूलाई देशब्यापी अभियानमा होमेको थियो । रास्वपाले कार्यकर्ता भेटघाट र समीक्षाका लागि खटाएपछि ढकाल देश यात्रामा होमिएका थिए ।

प्रतिवेदन

Mukul-dhakal-report-raswapa

उनले ‘समीक्षा यात्रा’ टुंग्याएर तयार पारेको‘विश्लेषण प्रतिवेदन’ सभापति लामिछानेलाई बुझाएको प्रतिवेदन बाहिरिएको हो । उनले २०८४ मा पहिलो दल बन्ने नभई रास्वपा विघटनतिर जान सक्ने चेतावनी पनि दिएका थिए ।

महामन्त्री ढकालले देश यात्राका क्रममा २ हजार ५०० सर्वसाधारणसँग कुराकानी गरेको जनाएका थिए । त्यसक्रममा ८० किलोमिटर पैदल यात्रा गरेको उनले बताएका छन् । उनले यो यात्रका क्रममा ४ हजार २१६ किलोमिटर गाडीबाट गुडेको बताएका छन् ।

महामन्त्री ढकाल जेठ ६ गतेदेखि देश यात्रामा निस्किएका थिए । उनले असार ६ गतेसम्म ३९ जिल्लाका नेता-कार्यकर्तासँग संवाद गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ