प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गुमिसकेको सत्ता जोगाउन अन्तिम कसरत स्वरुप आफ्ना केही सहयोगीहरुलाई दूतका रुपमा भारत तर्फ पठाएका छन् ।
प्रचण्डले माओवादी नेतृ पम्फा भुसाल र लामो समयदेखि नेपालमा बस्दै आइरहेका विवादास्पद छविका अमेरिकी नागरिक चार्ल्स मेण्डिजलाई बुधवार साँझ नयाँ दिल्ली तर्फ पठाएको खबर बाहिरिएको छ ।
प्रचण्डले पठाएका भुसाल तथा मेण्डिज लगायतले भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नाडा,भाजपा नेता तथा गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरलाई भेटेर प्रधानमन्त्री प्रचण्डलाई सत्तामा कायम राखिरहन आवश्यक वातावरण मिलाइदिन आग्रह गर्ने बताइएको छ ।
उनीहरुले प्रधानमन्त्री प्रचण्डको सत्ता जोगिएमा आगामी दिनमा भारतकै निर्देशन अनुसार अघि बढ्ने सन्देश समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष पु¥याइदिन आग्रह गर्ने गरी त्यसतर्फ गएको स्रोतलाई उद्दृत गर्दै नेपाल समाचारपत्रको अनलाइन संस्करण न्यूज अफ नेपालले जनाएको छ ।
प्रचण्ड प्रधानमन्त्री कायम हुन नसक्ने अवस्था आएमा आगामी ३ वर्ष काग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने गरी आवश्यक वातावरण मिलाइदिन आग्रह गर्ने गरी भुसाल र मेण्डिज सहितको टोली नयाँ दिल्ली पुगेको स्रोतको जिकिर छ ।
नयाँ दिल्ली पुगेको भुसाल लगायतको समूहले बुधवार राती नै भारतीय गृहमन्त्री अमित शाहका स्वकीय सचिवहरुलाई भेट गरिसकेको र अन्य नेताहरुलाई आज भोलिमा भेट्ने गरी सक्रियता बढाएको जनाइएको छ ।
राजीनामा दिन भनेर बालुवाटार पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीको टोली भारतीय सक्रियताका कारण राजीनामा नबुझाई फर्किएको छ ।
सम्बन्धित खबर
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो