एमालेले प्रधानमन्त्रीलाई भन्यो : ‘अल्पमतमा पर्नुभयो, दीर्घकालीन निर्णय नगर्नू’

एमालेले प्रधानमन्त्रीलाई भन्यो : ‘अल्पमतमा पर्नुभयो, दीर्घकालीन निर्णय नगर्नू’

oli-prachanda-1

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् । एमालेले अल्पमतमा परिसकेको भन्दै दीर्घकालीन महत्वको निर्णय नगर्न भनेको छ ।

महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो विज्ञप्ति जारी गरेर अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न–नगराउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था नभएको पनि एकालेको भनाइ छ ।

पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न नगराउन एमाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गर्दछ’

सरकारमा रहेका ८ जना मन्त्रीले बुधबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन् ।

बिहान राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्रीलाई भेटेर छिटो विश्वास मत लिन भनिसकेको छ । यद्यपी, राजीनामा बुझाउन गएका रवि लामिछाने सहितका मन्त्रीहरू भने प्रचण्डले ब्याक गराएका छन् ।

यस्तो छ विज्ञप्ति

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds