रवि विरुद्ध खनिए मुकुल, केन्द्रीय समिति बैठक छोडेर हिँडे

रविले बैठकमा रोकेको मुकुलको प्रस्ताव पूर्ण पाठ

रवि विरुद्ध खनिए मुकुल, केन्द्रीय समिति बैठक छोडेर हिँडे

पार्टीमा मलाई ह्यारेसमेन्ट भयो : महामन्त्री ढकाल

mukul rabi

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गर्न नपाएको प्रस्ताव सार्वजनिक गरेका छन् ।

बुधवार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव सभापति रवि लामिछानेले प्रस्तुत गर्न अनुमति नदिएपछि महामन्त्री ढकालले मिडियामार्फत सार्वजनिक गरेका हुन् ।

Mukul Dhakal Purpose

गुरुआमा र गर्लफ्रेन्डको चर्चा

महामन्त्री ढकालले आफ्नो लिखित धारणामा गुरुआमा र गर्लफ्रेन्डको प्रसङ्ग उल्लेख गरेका छन् । ८ नम्बरको १ र २ बुँदामा महामन्त्री ढकालले गुरुआमा र गर्लफ्रेन्डको प्रसङ्ग उल्लेख गरेका हुन् । समानुपातिक सांसद छनोट पार्टीको विधि विपरीत भएको भन्दै रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले महामन्त्री ढकाललाई लक्षित गर्दै श्रीमतीका साटो गर्लफ्रेन्डलाई सांसद बनाइएको बताएका थिए ।

त्यसका जवाफमा ढकालले समानुपातिक सूचीको २ र १२ नम्बरमा सिफारिस भएकालाई सांसद बनाउँदा १५ नम्बरमा रहेका ( गणेश कार्की) छुटेको बताएका छन् । आफूले गुरुआमाका रुपमा मानेको व्यक्तित्वलाई सांसद बनाउँदा नातावादको आरोप लगाएको महामन्त्री ढकालको गुनासो छ ।

४ दशक स्वास्थ्य क्षेत्रमा काम गरेकी व्यक्तिलाई जान्नेलाई छान्ने नीति अनुसार सांसद बनाइएको उनको लिखित धारणामा उल्लेख छ ।

यस्तै, आफ्नो प्रेम सम्बन्ध र उसैलाई सांसद बनाएको विषयलाई लिएर पनि प्रश्न उठेको भन्दै महामन्त्री ढकालले व्यक्तिगत जीवनबारे केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने बताएका छन् । ‘मैले बिहे गर्ने कि नगर्ने ? कुमार नै बस्ने कि केन्द्रीय समितिले निर्णय गरिदेओस्’ मुकुलले लेखेका छन्, ‘केन्द्रीय समितिले नै केटी खोजेर योसँग (बिहे) गर भन्छ भने पनि तयार छु वा आफ्नो इच्छामा गर भन्छ भने पनि ठिक छ ।’

विवाह बाहेक पनि आफ्नो जीवनको सबै कुरा पार्टीले धारणा बनाइदिन पनि स्वीकार्य हुने उनले बताएका छन् । ‘देश छाडेर जा, देशको हित हुन्छ भने पनि गइदिन्छु’ महामन्त्री ढकालले लिखित धारणामा उल्लेख गरेका छन्, ‘राजनीति छोड्, देशको हित हुन्छ भने पनि छोडिदिन्छु । देशको हितमा कुन ठाउँमा हुँदा ठिक हुन्छ, मैले के गर्दा ठिक हुन्छ, तपाईंहरु भनिदिनुस् ।’

पार्टीमा मलाई ह्यारेसमेन्ट भयो : महामन्त्री ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले आफूमाथि पार्टीबाट ह्यारेसमेन्ट भएको बताएका छन् । पार्टी कार्यालयमा दिनभर बसेको केन्द्रीय समिति बैठकपछि निस्कने क्रममा ढकालले यस्तो प्रतिक्रिया दिएका हुन् । ढकालले पार्टीमा भएगरेका गल्तीको भार सभापति रवि लामिछानेले आफूमाथि थोपरेको आरोप लगाए ।

महामन्त्री डा. भनाइ जस्ताको तस्तैः

आजको बैठक लाइभ नगर्नका लागि नियोजितरुपमा केन्द्रीय सदस्यहरुको मत लिने काम गरियो । कसको पक्षमा बहुमत र कसको अल्पमत भन्ने कुरा गौण हो । कांग्रेसभभित्र पनि देउवाको विपक्षमा मत नहोला ।

एमालेमा ओली र माओवादीमा प्रचण्डको विरुद्ध मत नहोला । त्यस्तै रास्वपामा पनि रवि लामिछानेविरुद्ध मत नहोला । मत छैन भन्दैमा प्रचण्ड सही, ओली सही र देउवा सही हुने कुरा मस्वीकार गर्दिन । रास्वपामा मुकुल ढकाल जन्मिएको छ । यो जन्म हरेक पार्टीमा हुनुपर्छ ।

रवि लामिछानेले पनि प्रचण्ड, ओली र देउवाजस्तै प्रवृत्ति देखाउनुहुन्छ भने रवि प्रवृत्तिको विरोध पनि गर्नैपर्छ । त्यो गरेको हुँ । त्यो विरोध मैले उहाँलाई सच्याउन गरेको हुँ । मैले नेताबाट राजनेता बनाउन गरेको हो ।

त्यसको अनुभूति उहाँले गर्न सक्नुभएन । मेरो साथ र सहयोगलाई आत्मसात गर्न सक्नुभएन । सरकारमा गएपछि पार्टीको इमेज र क्रेज डाउन भएको स्वीकार गरेर अगाडि बढ्नुपर्ने थियो । मन्त्रीहरुले आफ्नो अक्षमताको भारी महामन्त्रीको रुपमा मलाई बोकाउन खोज्नुभएको छ ।

गोरखा मिडियाको प्रवन्ध निर्देशक र रास्वपा महामन्त्री उस्तै पद हो । एउटै मानक हो । उहाँ प्रबन्ध निर्देशक हुँदा अध्यक्ष जिवी राई दोषि, आज उहाँ सभापति र म महामन्त्री हुँदा सम्पूर्ण कुराको दोषि महामन्त्री भन्ने आयो । जब पत्रकार हुनुहुन्थ्यो नेता दोषि, जब नेता हुनुहुन्छ पत्रकार दोषि । जब प्रतिपक्ष हुनुहुन्थ्यो सत्तापक्ष दोषी, जब सत्तापक्ष हुनुहुन्छ प्रतिपक्ष दोषि ।

आज आफ्नो प्रस्ताव पेश गर्न मलाई रोकियो । त्यसपछि मिडियामा दिन्छु भन्दा हुन्छ भन्नुभयो । पछि त्यसलाई पनि अनुशासनको कारबाही हुने कुरा गर्नुभयो । रास्वपा महामन्त्रीको रुपमा मैले कहाँ गल्ति गरेको छु ? जनताबाट मूल्यांकन होस । आज लाइभको माग गरेको थिएँ । लाइभ भएन । अलिकति ह्यारेसमेन्ट तहमा उहाँ जानुभयो ।

त्यसैले म बैठक छोडेर आएको छु । सबै केन्द्रीय सदस्यको र मेरो पनि ‘लाइ डिटेक्सन टेस्ट’ झूटो पत्ता लगाउने मेसिनबाट जाँच गरौं । मैले सही बोलेको हो कि होइन भन्ने जाँच गरौं । मैले भनेको छु जो जति शक्तिमा छन्, त्यति नै जिम्मेवार छन् । म मेरो बराबरको जिम्मेवारी लिन तयार छु ।

अन्तिममा एउटा कुरा भन्छु । मेरो कार्यशैलीको कुरा आयो बच्पनाको कुरा आयो । उहाँले देश बनाउनुहुन्छ भन्ने सोचेर उहाँको कुराहरु बाहिर नभनेर त्यसै अनुसार आफूलाई प्रेजेन्ट गर्दै आएँ ।

उहाँले विधानमा सभापतिलाई सबैभन्दा शक्तिशाली देखाउनु, कसैले केही भने कारवाही गर्नु भनेपछि यो मान्छेले देश बनाउँछ भन्ने सोचेर… गृहमन्त्री भएर देश बनाउने स्थिति नदेखेपछि आलोचनत्मकरुपमा ढंगले अगाडि बढ्दा जुन व्यवहार ममाथि प्रस्तुत गरियो, त्यो नितान्त गैरजिम्मेवारपूर्ण छ ।

एउटा कुरा सबैजनालाई म भन्छु, नेपाल सरकारका दुई आइजीपी शसस्त्र र नेपाल प्रहरीको गृहसचिव एकनारायण अर्याल हुनुहुन्छ । उहाँहरुसित रवि लामिछानेको काम गर्ने शैली र चरित्रका बारेमा बुझ्नुपर्यो । एक दिनको लागि एआइजी बढुवा गर्दा आइजीलाई दोष थोपर्नुभएको छ । डीएसपी, एसपी साराको बढुवामा डमी आइजीको रुपमा परिचालन गरेर सबै आफलेू गर्नुभएको छ ।

बाहिर आइजीलाई दोष दिनुभएको छ । आज पनि महामन्त्रीलाई दोषारोपण गरेर आफ्नो असमक्षता ढाकछोप गर्न खोज्नुभयो, त्यो आपत्तिजनक छ । उहाँ जुन पदमा हुनुहुन्छ, त्यो पदले कहिले पनि गल्ति गर्दैन भनेजस्तो भयो ।

बैठकमा उहाँहरुले मलाई ह्यारेसमेन्ट गर्नुभयो । सभापति र दुईजना उपसभापतिले आजबाट महामन्त्री मान्दैनौं भन्नुभयो । मैले बोल्दिनँ भन्दा बोल कि बोल भनियो । एउटा राजनीतिक प्राणीको रुपमा मैले विरोध जनाएको हो । बोल कि बोल भन्न पाईंदैन ।

राजनीतिक तरिकाले बुझ्नुपर्छ । एउटा व्यक्ति जसले गलत कुराको विरोध गर्यो, त्यसलाई कारवाहीको प्रक्रिया अगाडि बढाइन्छ भने अब पार्टी प्रतिपक्ष बन्दैछ, कुन नैतिकताका आधारमा सरकारको विरोध गर्छ रु कुन नैतिकताको आधारमा प्रतिपक्षमा बस्छ रु मलाई पार्टीको चिन्ता छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds