पोखराको लामाचौरबाट हराएका बालक सेती किनारमा मृत फेला

पोखराको लामाचौरबाट हराएका बालक सेती किनारमा मृत फेला

Anmol ck

पोखरा लामाचौरबाट मंगलबारदेखि हराएका बालक सेती किनारमा मृत फेला परेका छन् ।

लामौचार बस्ने रामचन्द्र सिके र उर्मिला सिकेका साढे ३ वर्षका छोरा अनमोल साँझ साढे ५ बजेतिर केआई सिंह पुल नजिकै सेती नदी र कालीखोला मिसिएको दोभाननेर ढुंगामा अड्किएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीले गण्डकन्यूजलाई जानकारी दिए ।

बच्चाको सनाखत बाबु रामचन्द्रले गरिसकेको प्रहरी निरीक्षक रेग्मीले बताए ।

मंगलबार बेलुकी करिब साढे ९ बजेतिर अनमोल हराएका थिए । अविरल वर्षाका कारण सडक जलमग्न हुँदा नालीमा बगेको हुन सक्ने अनुमान गरिएको रेग्मी बताउँछन् ।

बच्चा हराएको खबरपछि परिवार र प्रहरीले साँझसम्मै खोजतलास गरेका थिए । प्रहरी र मिडिया मार्फत् सूचना जारी गरिएको थियो । सेतीमा माछा मार्न आएका व्यक्तिले ढुंगामा बच्चा अड्किएको देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।

बच्चा नदीको किनारसम्म कसरी पुग्यो ? भन्नेबारे गहिरो अनुसन्धानका लागि परिवारले माग गरेका छन् ।

  • अद्यावधिक गरिएको 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ