पोखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक भएको छ । क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टले मंगलबार नयाँबजारस्थित सोरुपमा एक समारोह आयोजना गरी स्कुटर सार्वजनिक गरेको हो ।
आधुनिक प्रविधिबाट निर्मित यो स्कुटर एक पटक चार्ज गरिसकेपछि ३५० किमीसम्म गुड्न सक्ने बताइएको छ । हाल यसको मूल्य ३ लाख ६५ हजार रुपैयाँ छ ।
स्कुटरको विशेषताबारे जानकारी दिँदै कम्पनीका मार्केटिङ म्यानेजर अनुराग बामले लामो तथा छोटो दुरीमा चलाउन सकिने र चढ्नमा सुविधाजनक रहेको बताए ।
उनका अनुसार ड्राइभिङमा यो ६० प्रतिकिमी र स्पोर्टस् मोडमा यो ६८ प्रतिकिमीसम्म गुड्न सक्छ । परीक्षणका क्रममा आफू पोखरादेखि चितवन सजिलै गएर फर्किएको अनुभव उनले सुनाए । यसको ब्याट्रीमा ५ वर्षसम्म वारेन्टी दिइएको भए पनि कम्तीमा १० वर्षसम्म टिकाउ हुने उनले दाबी गरे । एक पल्ट चार्ज गर्दा ६ देखि ८ घण्टासम्म समय लाग्नेछ ।
क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टका डाइरेक्टर रेविका बुढाथोकीले हाल कम्पनीको पोखरासहित काठमाडौं महाराजगञ्ज, बागलुङ, वीरगञ्ज, दाङ र धनगढीमा डिलर छन् ।
पोखरामा नयाँबजारस्थित क्रसफायर सो रुम हो ।

सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते