काठमाडौं । काठमाडौं सोह्रखुट्टे–बालाजु सडक भासिएको छ । आज बिहान काठमाडौं महानगरपालिका– १६ नयाँबजारको कुमारी टोलको गेट अगाडि सडकमा झन्डै ११ फिट गहिरो खाल्डो परेको हो ।
खाल्डोमा एउटा मोटरसाइकलमेत खसेको थियो । मोटरसाइकललाई क्रेनबाट निकालेको र मोटरसाइकल चालक पनि सकुशल रहेका प्रहरीले जनाएको छ ।
सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ । सवारी साधनलाई दायाँवायाँका एक–एक लेनमा मात्र सवारी साधन चलाइरहेको प्रहरीले जनाएको छ । खाल्डोलाई घेरा हालेर मर्मत गर्ने तयारी भइरहको छ ।
सोह्रखुट्टे क्षेत्रका नगर प्रहरी निरीक्षक प्रकाश पण्डितले सडक मुनि रहेको मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर करिब ११ फिटको खाल्डो परेको बताए । उनका अनुसार मेलम्चीको ४२ इन्चको पाइप फुटेर सडकमा क्षति पुर्याएको हो । पानीको फोर्सले पिच सडक पनि भत्काएर आहालजस्तो बनेको छ ।
सम्बन्धित खबर
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते