राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक लाइभ नगर्ने निर्णयप्रति महामन्त्री मुकुल ढकालले असन्तुष्टि जनाएका छन् । लाइभ नगर्ने निर्णयविरुद्ध आफू मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी भएको ढकालले बताए ।
बैठकमा महामन्त्री मुकुल ढकालको प्रतिवेदन र बदलिँदो राजनीतिक परिस्थितबारे छलफल भएको नेताहरुले जानकारी दिएका छन् । महामन्त्री ढकालले ३८ जिल्ला पुगेर तयार पारेको समीक्षा प्रतिवेदन गत साता सभापति रवि लामिछानेलाई बुझाएका थिए ।
ढकालले बुझाएको ३२ पृष्ठको प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने उल्लेख छ ।
प्रतिवेदन पार्टीमा बुझाउनु अघि नै मिडियामा सावर्जनिक गरेको भन्दै रास्वपाले ढकाललाई स्पष्टीकरणसमेत सोधिसकेको छ ।
लिखित प्रस्ताव पेस गर्न दिएनः ढकाल
महामन्त्री ढकालले मंगलबारको सचिवालय बैठकमा सभापति रवि लामिछानेले लिखित प्रस्ताव पेस गर्न नदिएको बताए।
समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेस गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको तर लिखित प्रस्ताव तयार पारिएपनि पेस गर्ने अनुमति सभापतिले नदिएको उनले बताएका हुन्।
महामन्त्री ढकालले रविले लिखित प्रस्ताव पेस गर्न नदिएपछि पार्टीलाई रविको पार्टी होइन् रास्वपा बनाउनुपर्ने प्रतिक्रिया दिएका छन्।
‘प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ’ उनले भने।
पछिल्लो समय रास्वपाको आन्तरिक विरोध चर्किँदै गएकाे छ। महामन्त्री ढकालले पार्टीका सभापति रवि लामिछानेसमक्ष बुझाएको प्रतिवेदनले विवादलाई झनै ठूलो रूप दिएको हो।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो