पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिका भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएको छ । मणिपाल शिक्षण अस्पतालको भवन नक्सा पास सम्पन्न प्रमाणपत्र सम्बन्धमा राजश्व छुट दिएको विषयमा उसले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
एमाले पोखरा महानगर कमिटीले मंगलबार पत्रकार सम्मेलन गर्दै कार्यपालिका सदस्यहरूकै आँखा छलेर मेयर धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले गलत बाटोबाट निर्णय गरेको आरोप लगाएको हाे ।
महानगर नेतृत्वले किर्ते निणर्य गर्ने र स्वार्थ समूहको इशारामा विवादास्पद निणर्य गरेको एमाले महानगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्यले बताए ।
अधिकांश वडाध्यक्ष र कार्यपालिका सदस्यहरूको भनाइलाई आधार मान्दा कार्यपालिका बैठकमा छलफल नै नगराई निर्णय लेखिएको भन्ने विषय बाहिर आएको उनले बताए ।
महानगर प्रमुख निश्चित इशारामा चलेको अध्यक्ष आचार्यले आरोपसमेत लगाए । एमालेले कार्यपालिका बैठक लाइभ गर्न र हिसाब नमिलेका विषय स्पष्ट पार्न माग गरेको छ । आगामी दिनमा अपारदर्शी निणर्यका श्रृङ्खला नरोकिएमा आन्दोेलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी एमालेले दिएको छ ।
१५ औँ नगरसभाले नक्सा पासको राजश्व छुटको निणर्य बदर गरेको छ । राजश्व छुट दिने निणर्य बदनियतपूर्ण नभएको भए कसरी नक्सा पास गरियो ? भन्दै मेयर धनराज आचार्यलाई एमालेले प्रश्न गरेको छ ।
कति राजश्व कायम भयो ? महालेखा परिक्षकको २०७६ /०७७ र ०७९/०८० को प्रतिवेदनले के औँल्याएको थियो ? त्यति राजश्व किन नलिनु पर्ने हो ? लगायतका प्रश्न एमालेले महानगर नेतृत्वप्रति उठाएको हो ।
आचार्यले आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधिले समेत ध्यान नदिइएको भन्दै आवश्यक प्रक्रिया अपनाउने बताएका छन् ।
पोखरामा काँग्रेस माओवादी गठबन्धनबाट जितेका एकीकृत समाजवादीका नेता धनराज आचार्य मेयर छन् भने एमालेबाट निर्वाचित उपमेयर मञ्जुदेवी गुरुङ हुन् । कार्यपालिकामा काँग्रेसको बहुमत छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते