नेकपा एमालेले सरकार निर्माणका लागि भोलिसम्ममा राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आह्वान गर्ने भएको छ।
मंगलबार बसेको सचिवालय बैठकले एमाले र नेपाली कांग्रेसका बीचमा भएको सहमति अनुरूप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आह्वान गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए।
यस्तै एमाले र नेपाली कांग्रेसको सहमति अनुरूप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीति स्थायित्वमा योगदान गर्न संसदमा रहेका सबै दलहरूलाई आह्वान गर्ने समेत बैठकले निर्णय गरेको छ।
सोमबार मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको थियो।
यस्तै, मंगलबार बिहान बसेको पदाधिकारी बैठकमा भने प्रधानमन्त्री ‘प्रचण्ड’ ले तत्काल पदबाट राजीनामा नदिने बताएका थिए। प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वास मतको सामना गर्ने निष्कर्ष बैठकले निकालेको थियो।
उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेसँग छलफल नै नगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरेपछि एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भएको बताए ।
उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले गत एक हप्तादेखि कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास र वार्ता थालेसँगै प्रधानमन्त्रीले अविश्वासको वातावरण सिर्जना गर्दा यो स्थिति आएको बताए । प्रधानमन्त्रीको प्रस्ताव कांग्रेसले अस्वीकार गरेपछि एमाले र कांग्रेसले छलफल अघि बढाएको बताए । उनले राजनीतिक स्थायित्व र लोकतन्त्रको अभ्यासका लागि दुई मिलेर अघि बढ्ने निर्णय भएको बताए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो