साहित्यकार प्राडा रविलाल अधिकारीको ८० औँ जन्मजयन्तीमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ गण्डकीले खुला कविता प्रतियोगिता गरेको छ।
प्रतियोगितामा कास्कीका संयोग बस्याल प्रथम भएका छन् । बागलुङका गौतम मनिष द्वितीय, पर्वतका विवेक पराजुली तृतीय र पर्वतकै सजिना पौडेलले सान्त्वना स्थान प्राप्त गरे ।
प्रथम भएका बस्यालले ११ हजार एक सय ११ , द्वितीय भएका मनिषले आठ हजार आठ सय ८८, तृतीय पराजुलीले छ हजार छ सय ६६ र सान्त्वना पौडेलले चार हजार चार सय ४४ नगदका पुरस्कार र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगितामा ४३ जनाले कविता पठाएको र प्रतिस्पर्धामा भाग लिन २५ जना छनौट भएका थिए भने २२ जनाले मात्र कविता वाचन गरेका थिए । प्रतियोगिताको निर्णायकमा प्रा. डा. जगन्नाथ रेग्मी , उप प्राध्यापक निर्मल सापकोटा र प्राज्ञ छन्दिका त्रिपाठी थिए ।
प्रमुख अतिथि नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश सरकारका पूर्व अर्थमन्त्री किरण गुरुङले पुरस्कार वितरण गरेका थिए । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची र पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल , विम्वकवि रमेश श्रेष्ठ पनि उपस्थित रहेका थिए ।
महासंघ अध्यक्ष सुवास मल्लको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य महासंघ कास्की अध्यक्ष शिवहरि ढुंगाना, सञ्चालन गण्डकीका महासचिव छवि सुवेदीले गरेका थिए ।
प्रा. डा रविलाल अधिकारीका छोरा हाल राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रदेशका प्रमुख समेत रहेका प्रमोद अधिकारीले बुवाका कृतिहरु प्रकाशनमा ल्याउने तयारीमा रहेको बताए ।
वि.सं. २००२ साल असार १६ गते तत्कालीन लमजुङ जिल्लाको मिजुरेडाँडा गोर्जे हाल मादी गाउँपालिका वडा नं. ९ मा जन्मेका रविलाल अधिकारीको २०७९ फागुन १६ मा निधन भएको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने