कास्की पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा हुँदै

कास्की पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा हुँदै

Full page photo

पोखरा । कास्की जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुने भएको छ । कास्की जिल्ला पूर्ण खोप सुनिश्चितता समितिको सोमबार पोखरामा भएको बैठकले असार २० गते विशेष समारोहको आयोजना गरी उक्त घोषणा गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाको प्रमुख उपस्थितिमा सो घोषणा गर्न लागिएको समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले जानकारी दिए ।

यसअघि कास्कीका पाँच ओटै पालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएसँगै कास्की घोषणाको बाटोमा अघि बढेको पौडेलले जानकारी दिए ।

यो घोषणासँगै कास्कीका कुनै पनि खोप लगाउने उमेर समूहका नवजात शिशु तथा बालबालिका खोपबाट बन्चित नभएको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख तथा सो समितिका सदस्य सचिव रामबहादुर नेपालीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds