नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै नेताहरूसँग यसबारे चासो राखेका छन्।
प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँगको भेटमा देउवासँग भएको सहमति के हो? भनेर सोधेका थिए। राष्ट्रिय सहमति गर्ने कुरा भएको छ भनेर ओलीले जवाफ फर्काए ।
ओलीसँग भेटेपछि बसेको पार्टीको पदाधिकारी बैठकमा प्रचण्डले यसबारेमा ब्रिफिङ गरेका थिए।ओलीको भनाइ उद्धृत गर्दै प्रचण्डले बैठकमा भने,‘देउवासहित तीन जनाको बैठक बस्ने कुरा भएको छ।’
तर ओलीको कुरामा कुनै भरोसा नभएको प्रचण्डले बताएका थिए। ‘बिहान चार घण्टा बसेर सबै कुरा मिलाएर निस्किनुभएको हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘मध्यरातमा देउवासँग सहमति नै गरिसक्नुभएछ। हामीमाथि ठूलो घात भयो।’
प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि फोन गरेर पछिल्लो घटनाक्रमका बारेमा बुझेका थिए।
जबाफमा देउवाले एमालेलाई प्रधानमन्त्री दिने सहमतिपत्रमा हस्ताक्षर भइसकेको बताए।
‘मैले ढाँट्न जान्दिनँ। एमाले र कांग्रेस मिलेर सरकार बनाउने कुरा भएको छ,’ देउवाको जबाफ उद्धृत गर्दै प्रचण्डले भने, ‘अब तपाईंसँग छलफल गर्ने विषय छैन।’
एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएपछि त्यसबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बसेको थियो।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो