काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने भएका छन् ।
नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्तासहकार्यको सहमतिपछि मंगलबार बालुवाटारमा बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकबाट विश्वासको मत लिने निर्णय गरिएको हो ।
माओवादी पदाधिकारीहरूको बालुवाटारमा बसेको बैठकले सरकार नछोड्ने र विश्वासको मतको सामना गर्ने निर्णय गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।
‘गलेर सरकार छोड्ने कुरा हुँदैन, संसद् फेस गर्ने भन्नेछ । संसद्मा जसले गणित देखाउन सक्छ त्यसले सरकार चलाउने हो’ पौडेलले भने ।
माओवादीले संविधान संशोधनबारे कांग्रेस र एमालेबीच भएको सहमतिप्रति आशंका व्यक्त गरेको छ । ‘ के आवश्यकता पर्यो संविधान संशोधन गर्ने ? कतै ०४७ को संविधान ब्युँत्याउनेतर्फ त गइएको होइन’ बैठकमा उठेको कुराबारे जानकारी दिँदै पौडेलले भने । उनले कांग्रेस एमालेसँग पनि थप कुराकानी गर्ने जानकारी दिए । ‘धेरै परसम्म मिलेर जाने हो भनिरहेको अवस्थामामा एकातिर एक थोक भन्ने, तुरुप एउटा फाल्ने काम अर्को गर्ने कुराको हामी प्रतिवाद गर्छौं ।’
उनले अब कांग्रेस वा एमालेको सरकार बन्ने अझै ‘क्लियर’ नभएको बताए । प्रधानमन्त्रीले विश्वासको मत पाउन नसके कुन धारामा जाने भन्ने निर्णय राष्ट्रपतिबाट हुने उनले उल्लेख गरे । “बहुमतको सरकार बन्ला । राष्ट्रिय सहमतिको सरकार बन्दैन,” उनले भने ।
सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानकि व्यवस्था छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो