कांग्रेस-एमालेबीचको सहमतिले सेयर बजारमा उत्साह

कांग्रेस-एमालेबीचको सहमतिले सेयर बजारमा उत्साह

नेप्सेमा लाग्यो दोश्रो सकारात्मक सर्किट, ४० मिनेटलाई बजार बन्द

stock-market share bajar

सेयर बजार परिसूचक नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ। पहिलो सर्किट ब्रेक लागेर खुलेकाे अर्काे एक मिनेटमै बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो।

यो सँगै अब बजार ४० मिनेटको लागि बन्द हुन्छ। यो समयसम्म नेप्से १०२.६८ अंकले बढेको छ।

नेप्से २१५६.०७ विन्दुमा आएको छ। त्यस्तै, १४ करोड १७ लाख रूपैयाँको कारोबार भएको छ। सरकार परिवर्तन हुने भएपछि सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको हो।

नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार सेयर बजारमा रौनकता छाएको हो।

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ।

त्यस्तै, दुई घण्टा नबित्दै ५  प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।

सोमबार राती एमाले र काँग्रेस बिच सत्ता साझेदारीको सहमति भएसँगै अर्थसहित ९ वटा मन्त्रालय एमालेले र गृहसहित १० वटा मन्त्रालय काँग्रेसले नेतृत्व लिने सहमति भएको बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ