बालुवाटार पुगेर प्रचण्डलाई ओलीले भने- हामी कांग्रेससँग मिल्यौं, तपाईंले पनि समर्थन गर्नुपर्‍यो

नयाँ सत्ता समिकरणः

बालुवाटार पुगेर प्रचण्डलाई ओलीले भने- हामी कांग्रेससँग मिल्यौं, तपाईंले पनि समर्थन गर्नुपर्‍यो

oli-prachanda-1

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगे।

बालुवाटार पुगेका ओली हिजो मध्यरातमा भएको नेपाली कांग्रेससँगको नयाँ सत्तागठबन्धनबारे प्रधानमन्त्री‍लाई जानकारी गराएका छन्।साथै, ओलीले भागबण्डा सबै मिलिसकेको जानकारी गराउँदै आफूहरूलाई समर्थन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन्।

‘राति भएको सहमति जानकारी गराएँ। अब हामी मिल्यौं, तपाईंले पनि समर्थन गर्नुपर्‍याे। भागबण्डा मिलिसक्यो, तैपनि तपाईंले सहयोग गर्नुपर्‍याे,’ भेटका क्रममा ओलीले दाहाललाई भनेकाे बालुवाटार स्राेतले बतायाे।

पहिलो चरणमा एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएकाे छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ