काठमाडौँ । जिल्ला अदालत सर्लाहीले ‘तपस्वी’ रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति हुनेगरी सजाय फैसला गरेको छ । ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई १० वर्ष कैद र पीडितलाई पाँच लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
गएको सोमबार ‘तपस्वी’ बम्जनले बालिकामाथि यौनजन्य कसुर गरेको ठहर भएको थियो । पीडित बालिकाको परिवारले सर्लाहीको लालबन्दी नगरपालिका पत्थरकोटमा आश्रममा रहेका बेला बाराको निजगढ नगरपालिका–१२ का ३० वर्षीय बम्जनले यौनशोषण गरेको भन्दै २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा किटानी जाहेरी दिएको थियो ।
यो मुद्दामा बम्जनलाई काठमाण्डौ बूढानीलकण्ठ नगरपालिका–६ मा रहेको निवासबाट गएको पुस २४ गते सिआइबीको टोलीले पक्राउ गरेको थियो । पुस २६ गते अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि बम्जन जिल्ला कारागार महोत्तरी जलेश्वरमा छन् । बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको विभिन्न आरोप पनि छन् । उनीविरुद्ध पाँच जना परिवारले उजुरी दिएका छन् ।
सम्बन्धित खबर
काठमाडौँमा गुडिरहेको बसमा आगो लाग्यो, यात्रुले भागेर ज्यान जोगाए
वीर अस्पतालमा थपिएको सर्जिकल आइसीयुको स्वास्थ्य मन्त्री पौडेलद्वारा उद्घाटन
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त, शपथ भोलि ४ बजे
प्रधानमन्त्री ओलीद्वारा ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त
शिक्षामन्त्रीको राजीनामाबारे अहिलेसम्म सरकारलाई जानकारी छैन : प्रवक्ता गुरूङ
आन्दोलनलाई थप चर्काउँदै शिक्षक
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले