पोखरा वडा नं. १५ नयाँ गाउँमा अवस्थित आइएसएमटी कलेज पोखरामा स्पोर्टस् मीट सम्पन्न भएको छ । कलेजमा अध्ययनरत छात्र र छात्राबीच आधा दर्जन बढी खेलहरु खेलाइएको थियो ।
ब्याडमिन्टन, टेबलटेनिस, चेस, उनो, बास्केटबल, फुटसल र पुल खेलमा विद्यार्थीहरु प्रतिस्पर्धामा उत्रिएका थिए ।
कलेजका अपरेशन म्यानेजर शिव पौडेलका अनुसार ब्याडमिन्टन छात्रतर्फ बिस्मित वाग्ले प्रथम, सुलभ थापा द्वितीय भए । डबलतर्फ गौरव बराल र सक्षम रानाको स्मास ब्रोज् प्रथम, बिस्मित वाग्ले र आशिष थापाको र्याकेट रुलर्स दोस्रो भयो ।
ब्याडमिन्टन छात्रातर्फ रोशनी थापा विजेता हुँदा एलिशा केसी उपविजेता बनिन् । डबलतर्फ रोशनी थापा र एलिशा केसीको सटल सिस्टर्स विजेता र एलिना श्रेष्ठ र करुण भण्डारीको नेट निन्जास् उपविजेता बन्यो ।
टेबलटेनिस छात्रतर्फ बिकल कार्की प्रथम, विपिन पौडेल दोस्रो बने । डबल्सतर्फ बिकल कार्की र संगम प्रधानको एस् एभन्जर प्रथम, सन्दीप श्रेष्ठ र आशिष बानियाँको स्पिन मास्टर दोस्रो बन्यो ।

टेबलटेनिस छात्रा तर्फ रोशनी थापा प्रथम, एलिशा केसी दोस्रो बनिन् । डबल्सतर्फ रोशनी थापा र एलिशा केसीको स्पिन सिस्टर्स प्रथम, एलिना श्रेष्ठ र करुण भण्डारीको र्याली क्वीन्स दोस्रो बने ।
चेसतर्फ सफल कार्की विजेता हुँदा संगम प्रधान उपविजेता बने । उनोमा आशिष बानियाँ प्रथम भए भने शुलभ थापा दोस्रो बने ।
बास्केटबल छात्रतर्फ तविन पाइजाको टोली(एल.ए लेकर्स) विजेता बन्यो भने जोन गुरुङको टोली (गोल्डेन वोरियार्स) उपविजेता बन्यो ।
फुटसल छात्रातर्फ एलिसा के.सीको समूह विजेता घोषित भयो । फुटसल छात्रतर्फ शुलभ थापाको टीम (टीम डीबगर्स) प्रथम हुँदा सन्दिप श्रेष्ठको टीम(टीम हसिना) दोस्रो भयो ।
पुल खेलको छात्रतर्फ सुमित पुन विजेता र सोहन थापा उपविजेता भए । छात्रा तर्फ रोशनी थापा विजेता घोषित भइन् ।

आइएसएमटी कलेज पोखरा बेलायतको प्रख्यात शैक्षिक संस्था युनिर्भसिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त शिक्षण संस्था हो ।
आइएसएमटी ग्रुप अन्तर्गत नेपालका प्रमुख शहरहरु पोखरा लगायत काठमाडौँ, चितवन, विराटनगर र बुटवलमा पनि कलेजहरु सञ्चालनमा रहेका छन् ।
कलेजप्रति विद्यार्थीको आकर्षण बढ्दो छ । नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय शिक्षाको सपना साकार पार्ने कार्यमा आइएसएमटी कलेज पोखरा प्रतिबद्ध रहेको कलेजले जनाएको छ ।
सम्बन्धित खबर
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
पूर्वेली एफसीलाई भिमप्रसाद स्मृति मुस्ताङ कपको उपाधि
हिसान गण्डकी फुटसल प्रतियोगिता सुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी सुरुवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो