आज दिउँसो २ बजे सामाजिक सञ्जालमा पोखराबाट मुस्ताङ उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको अफवाह फैलियो ।
अमरबहादुर चन्द नामका एक व्यक्तिले पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भन्दै पोस्ट गरे । त्यसपछि धेरैले लेख्न थाले । यसै भीडमा समाजसेवी बताउने इशा गुरुङले पनि उक्त अफवाहलाई अझै फैल्याउने काम गरिन् ।
तीन लाख भन्दा बढी फलोअर भएकी उनले पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भनेर तस्बिरसहित फेसबुकमा लेखेपछि तत्कालै भाइरल भयो ।
उनकै पोस्टमा एकजनाले कमेन्ट गर्दै भनेका छन्, ‘सम्पर्कमा आयो भन्दैछन् फेरि ।’ इशाले अफवाह फैल्याएको भन्दै आलोचना भएपछि उक्त पोस्ट हटाइसकेकी छन् ।
यस अफवाहबाट पोखराबासी पनि भ्रममा परे । तर, दिउँसो १२ बजेपछि जोमसोम उडान हुँदैन भन्नेले भने पत्यानन् ।
हवाई जहाजका लागि उच्च जोखिमयुक्त मानिने पोखरा-जोमसोम रुटबाट यस्तो खबर आउँदा सामाजिक सञ्जाल प्रयोगकर्ता पत्याउने अवस्थामा पुग्छन् । पहिले पनि यो रुटमा दुर्घटना भइरहेकाले सोमबार पनि त्यस्तै अफवाह भाइरल भयो ।
तर बुझ्नुपर्ने कुरा, पोखरा जोमसोम रूटमा ताराको उडान नै छैन । उडान हुने अरु कम्पनीले पनि पोखराबाट बिहान मात्रै जहाज पठाउँछन्। जोमसोममा दिउँसो अत्यधिक हावा चल्ने र कुहिरोले पनि ढाक्ने भएकाले अन्य कम्पनीका जहाज पनि बिहानै गएर फर्किने गर्दछ ।
सोमबार तारा एयरका दुईवटा जहाजमध्ये एउटा काठमाडौं र अर्को नेपालगञ्जमा छ । नेपालगञ्जको जहाज कर्णालीमा उडान भर्नका लागि गएको हो ।
उता, नागरिक उड्ययन प्राधिकरण पोखरा कार्यालयले पनि तारा एयरको जहाज सम्पर्कविहीन भएको भन्ने खबरलाई अफवाहको संज्ञा दिएको छ ।
ताराले यो अफवाहपछि सोमबार एक वक्तव्य निकालेर कानुनी कारबाहीमा जाने बताएको छ । ‘यस्तो अफवाह समाचार सम्प्रेषण गर्ने तथा बदनियतपूर्वक सामाजिक सञ्जालमा राख्नेविरुद्ध कानुनी कारबाही अघि बढाउने समेत सूचित गरिन्छ’, ताराले भनेको छ ।

सम्बन्धित खबर
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा पर्यटकीय स्थल आलिताल अवलोकन भ्रमण
ज्वाइँसँगको अवैध सम्बन्धका कारण ६९ वर्षका प्रेमीको हत्या
बढ्यो इन्धनको मूल्य
आगलागीबाट घाइतेलाई काठमाडौं लैजाँदै गर्दा बाटोमै अस्ताए एकै परिवारका तीन जना
नागरिकतामा बुवाको नाम अनिवार्य नहुने व्यवस्था गरिँदै
रविबारे रुपन्देही जिल्ला अदालतले दिएको आदेशमा के छ ? [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो