एमाले अध्यक्ष ओलीले किन बोलाए मन्त्रीहरूलाई बालकोट ?

एमाले अध्यक्ष ओलीले किन बोलाए मन्त्रीहरूलाई बालकोट ?

KP OLI angry

सत्ता समीकरण परिवर्तनको चर्चा भइरहेका बेला नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीलाई आफ्नो निवास बोलाएका छन् ।

मन्त्रीहरूलाई अध्यक्ष ओलीले बालकोट बोलाएको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष ओलीले सोमबार साँझ आफ्नो निवास बालकोट बोलाइएका हुन् । तर किन बोलाएको भन्ने नखुलेको ती मन्त्रीको भनाइ छ ।

‘बोलाउनुभएको हो तर किन भनेर थाहा छैन । उतै गएपछि थाहा हुन्छ’, उनको भनाइ छ ।

कांग्रेसर एमालेबीच नयाँ समीकरण हुनसक्ने भन्दै राजनीतिक सरगर्मी बढेको छ । एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएका पछिल्ला वार्ता सकारात्मक बनेपछि नयाँ समीकरणको संभावनाको चर्चा चलेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ