नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताबारे ब्रिफिङ गरेका छन् ।
आज (सोमबार) बसेको बैठकमा देउवाले आफूलाई ओलीले चिया खान भनेर बोलाएको र आफू गएको बताए । उनले ओलीसँग सौहार्दपूर्ण वातावरणमा छलफल भएको र अहिले आफूहरुबीचको सम्बन्ध सकारात्मक र सुमधुर रहेको पनि जानकारी गराए ।
‘उहाँले चिया खान बोलाउनुभयो । हामी गयौं, बस्यौं । सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो । अहिले हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ,’– बैठकमा देउवाले गरेको ब्रिफिङ सुनाउँदै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने ।
बैठकमा नेताहरूले बजार हल्लाबारे सभापति देउवासँग जानकारी मागे । तर देउवाले यसबारे मुखै नखाेलेकाे बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।
उनका अनुसार देउवाले एमाले अध्यक्ष ओलीले चिया खान बाेलाएपछि बीआरआईबारे छलफल भएकाे मात्रै बताए ।
‘नयाँ सत्ता समीकरणबारे केही बोल्दै बोल्नुभएन। ५ बजे अर्को कोही मान्छे भेट्न आउँदै छ भनेर बैठक छिटो सक्नतिर लाग्नुभयो । बोल्दै नबोले पनि केही तयारी हो कि जस्तो देखिन्छ । सभापतिले मुखै खोल्नुभएन’, उनले भने ।
उनका अनुसार पछिल्लाे राजनीतिक घटनाक्रमबारे उपसभापति तथा महामन्त्री कसैलाई पनि जानकारी छैन । ‘देउवाले प्रमुख सचेतक रमेश लेखकलाई खटाए जस्तो देखिएकाे छ,’ उनले भने ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो